अन्य

बजार खोज्दै बाजुराको स्याउ धनगढी आइपुग्यो

धनगढी । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा किसानले उत्पादन गरेको अग्र्यानिक स्याउ बजार खोज्दै धनगढी ल्याइएको छ।

स्थानीय बजारमा पर्याप्त बिक्री नभएपछि सात जना किसानको बगैँचाबाट स्याउ संकलन गरी धनगढी ल्याइएको किसान दानबहादुर रावलले बताए। उनका अनुसार उत्पादन राम्रो भए पनि बजार र भण्डारणको अभावमा किसानले स्याउ बारीमै कुहिने वा सस्तो मूल्यमा बिक्री गर्नुपर्ने अवस्था छ।

किसानले स्याउको उचित मूल्य, संकलन केन्द्र र शीतभण्डारको व्यवस्था गर्न माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button