स्वास्थ्यप्रमुख समाचार

Inf नेपाल द्वारा हिमालि गाउपालिकामा फिस्टुला सम्बन्धित अभिमुखिकरण !

बाजुरा जिल्ला हिमाली गाउपालिकामा Inf नेपाल द्वारा संचालित साइनिङ अस्पताल सुर्खेतले फिस्टुला सम्बन्धित अभिमुखिकरण तालिम दिएको छ !
तालिममा निम्न कुराको जानकारी गराइयको थियो
१. प्रसव फिस्टुला भनेको के हो ? प्रसव फिस्टुला लामो र कठिन सुत्केरी ब्यथाका कारण पिसाव थैली वा पिसाव नली वा आन्द्रामा प्वाल पर्न जानु नै प्रसव फिस्टुला हो । प्रसव फिस्टुला भएपछि महिलाहरू पिसाव नियन्त्रण गर्न सक्दैनन् र लगातार रुपमा दिन रात पिसाव वा दिसा योनीमार्गबाट बग्दछ ।
२. ⁠प्रसव फिस्टुलाका लक्षणहरू के के हुन् ? पिसाव वा दिसा नियन्त्रण गर्न नसक्नु र लगातार रूपमा दिन रात पिसाव वा दिसा बगिरहनु । लगाएको कपडा वा ओछ्यान भिज्नु । पिसाव वा दिसाको गन्ध आउनु । एक्लोपन महसुस हुनु एवं उदास देखिनु ।
३. ⁠फिस्टुला के कारणले हुन्छ ? लामो र कठिन सुत्केरी व्यथा लाग्नु फिस्टुलाको मुख्य कारण हो । अन्य कारणहरुमा योनीद्वारमा चोटपटक लाग्नु, पिसाव थैलीको पत्थरी, पाठेघरको मुखको क्यान्सरको सेकाई, जबरजस्ती करणी रहेका छन् । कहिलेकाँही अपवादको रुपमा पाठेघरको शल्यक्रिया गर्ने क्रममा फिस्टुला हुन सक्छ ।
४. ⁠फिस्टुलाबाट कसरी बच्न सकिन्छ ? बालबालिकाहरुलाई खानामा विभेद नगरी सन्तुलित आहारमा विशेष ध्यान दिने । सानो उमेरमा (२० वर्ष भन्दा पहिले) विवाह नगर्ने र बच्चा नजन्माउने । गर्भवती भएको १२, १६, २० देखि २४, २८, ३२, ३४, ३६ र ३८ देखि ४० हप्ता गरी ८ पटक गर्भ जाँच गराउने । तालिम प्राप्त स्वास्थ्यकर्मीबाट स्वास्थ्य संस्थामा गई सुत्केरी गराउने । समयमानै समस्याको पहिचान गरी सुविधा सम्पन्न स्वास्थ्य संस्थामा प्रेषण गर्ने ।
५. ⁠प्रसव फिस्टुलाको उपचार > प्रसव फिस्टुलाको उपचार शल्यक्रिया हो। प्रसव फिस्टुलाको उपचार फिस्टुला उपचार केन्द्र, प्रदेश अस्पताल, कर्णाली प्रदेश, सुर्खेतमा निःशुल्क रुपमा हुन्छ । साथै बिरामी र एक जना कुरुवाका लागि आउने-जाने यातायात खर्च र बाटोमा लागेको खाना खर्चको समेत भुक्तानी गरिन्छ ।

उक्त अभिमुखिकरणमा हिमाली गाउपालिका अध्यक्ष गोविन्द बहादुर मल्ल, प्रमुख प्रशासकिय अधिकृत कुल थाप, स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारी, शिक्षा शाखा प्रमुख लगायत कर्मचारीहरु अनि पालिका प्रवक्ता भिमानन्द पाण्डेय लगायत जनप्रतिनिधिहरु सहभागी भएकाथिए !

Inf नेपाल द्वारा संचालित साइनिङ अस्पताल सुर्खेतमा फिस्टुलाको निसुल्क उपचार हुने र बिरामि अनि कुरुवालाइ आउन जान भाडा पनि उक्त अस्पतालले बेहोर्ने जानकारी गराउनु भयको छ ! INF नेपलाकै अन्य अस्पताल नेपालगन्ज र पोखरामा फिस्टुला र कुष्टरोगको उपचार निसुल्क गराउदै आएको जानकारी गराउनु भो !
जस्मा हिमाली गाउपालिका अध्यक्ष गोविन्द बहादुरले मन्तव्यमा inf नेपाल लाइ धन्यवाद दिदै हिमाली गाउपालिका भित्रका सबै वडाका महिला स्वास्थ्य सयम सेविका र स्वास्थ्यकर्मिलाइ संगै राखेर जनाकारी दिन अनुरोध गर्नुभो ! Inf संस्थाले पुर्वाधार र विकासका काममा महत्वपूर्ण टेवा पुर्याएको छ ! अझै यस्ता राम्रा कामहरु गर्न अनुरोध गर्नुभो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button