Uncategorized

ग्रामीण स्वास्थ प्रमाणी सुदृढीकरण परियोजना कार्यनयन सम्बन्धि त्रिपक्षीय बिच सम्झौता

बाजुरा । बाजुरा जिल्ला बुढिनन्दा नगरपालिकामा सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, निक साइमन्स ईन्स्टिच्युट र बुढिनन्दा नगरपालिका बीच ग्रामीण स्वास्थ प्रमाणी सुदृढीकरण परियोजना कार्यनयन सम्बन्धि समझदारी पत्र हस्ताक्षर कार्यक्रम सम्पन्न गरिएको छ । गरीव विपन्न समुदाय सामान्य उपचारका लागि पनि प्लेन चडेर घर खेत बेचेर महंगो स्वास्थ्य उपचार गराउनुपर्ने बाध्यता थियाे ।

विगत लामो समयदेखि बुढीनन्दा नगरपालिकाले विपन्न समुदायकाे नाजुक अबस्थालाई ध्यानमा राखी MDGP डाक्टरकाे सेवा दिदै आएकाे थियाे । पालिकाले मुस्किलले यसकाे आर्थिक ब्यायभार ब्यहाेरेकाे थियो । विगत ३ वर्षदेखिकाे अनवरत प्रयास पछि विभिन्न प्रकृया पुरा गरी सामाजिक बिकास मन्त्रालय धनगढीमा त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएकाे बुढिनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहराले बताउनुभयो ।

निक साइमन्स ईन्स्टिच्युट र सामाजिक विकास मन्त्रालय सुदुरपश्चिम प्रदेश समझदारीमा निक साईमन्सले सुदुरपश्चिमका ८८ वाच पालिकामध्ये छनाेट गरेका नयाँ ३ वटा स्थानीय पालिकामध्ये बुढिनन्दा नगरपालिका केन्द्रमा रहेकोे काेल्टी अस्पताल पनि छनाेट भएकाे छ । निक साइमन्स ईन्स्टिच्युटकाे आफ्नै ब्यबस्थापन र खर्चमा यहि भाद्र १ गतेबाट कम्तिमा ५ देखि १० वर्षसम्म बस्ने गरि MDGP डाक्टर, मेडिकल अधिकृत सहित ६ जना चिकित्सककाे टिम, अन्य ब्यबस्थापन सहित सेवा सुरु गर्ने गरि सहमति भएको छ ।

निक साइमन्स ईन्स्टिच्युट र विशेषगरी यश संस्थाका कार्यक्रम ब्यबस्थापक डा.कसिम शाहलाई विशेष धन्यवाद छ । साथै यसका निम्ति खट्ने र सहयाेग गरेर याेगदान गर्नुहुने सबै प्रति हृदय देखि आभार तथा कृतज्ञता प्रकट समेत गरेको छ । जनप्रतिनिधि भएर आएपछिकाे एउटा विशेष सपना थियाे त्यो पनि आफ्नो कार्यकालमा पूरा भएकाे नगरप्रमुख बोहराले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button