ताजा अपडेटस्वास्थ्य

बाटोमै बच्चा जन्मिने बाध्यता कहिलेसम्म ? बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउपालिका की सुमित्रा शाह शाहीले बाटोमै जन्माइन बच्चा !

जनताको जीवनभन्दा ठूलो प्राथमिकता अरू के हुन सक्छ ? सडक नपुगेको पीडा त छँदै छ, कम्तीमा उपलब्ध यातायात र स्वास्थ्य सेवासमेत चुस्तदुरुस्त राख्न नसक्दा स्थानीयले दुख पाएका छ्न

सुदूरपश्चिम प्रदेशको राष्ट्रिय सडक सञ्जालमा अझै जोडिन नसकेको एक मात्र स्थानीय तह स्वामीकार्तिक खापर गाउँपालिका। यहाँका नागरिकले सामान्य आवतजावतदेखि स्वास्थ्य उपचारसम्म अनेकौँ कठिनाइ भोग्दै आएका छन्।

केही समयअघि सञ्चालनमा आएको (किस्ती) सेवा बर्खायाममा पानीको बहाव बढेपछि बन्द भएको थियो। तर अहिले पानीको बहाव घटिसक्दा पनि किस्ति संचालनमा आएको छैन !

कहिलेसम्म यहाँका गर्भवती महिलाले अस्पताल पुग्न नपाउँदै बाटोमै सन्तान जन्माउनुपर्ने जोखिम मोलिरहने ? कहिलेसम्म बिरामीले समयमै उपचार नपाउने पीडा भोगिरहने ?

अर्कोतर्फ, एम्बुलेन्सको टायर फेर्न वा मर्मत गर्न आखिर कति समय लाग्छ ? नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको एम्बुलेन्स सेवा नै सहज र नियमित हुन नसक्नुको जवाफ कसले दिने ?

विकासका ठूला आश्वासनभन्दा नागरिकलाई अहिले सुरक्षित बाटो, भरपर्दो यातायात र समयमै स्वास्थ्य सेवा चाहिएको छ। यो कसैप्रतिको आरोप मात्र होइन, जनताको जीवन र स्वास्थ्यसँग जोडिएको गम्भीर सार्वजनिक सरोकार हो। सम्बन्धित पालिका प्रदेश सरकारका मानानिय र संघिय सरकारका माननियको ध्यानाकर्षण होस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button