समाचार

मुख्यमन्त्री शाह राजीनामा दिने तयारीमा, सुदूरपश्चिममा सत्ता समीकरण फेरिँदै !!

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने दबाबमा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह राजीनामा दिने तयारीमा पुगेका छन्।
विश्वासको मतका लागि आवश्यक बहुमत जुट्ने सम्भावना कमजोर देखिएपछि शाहले राजीनामा दिने मनस्थिति बनाएको उनीनिकट स्रोतले जनाएको छ।
यसैबीच, मुख्यमन्त्रीको आगामी कदमबारे छलफल गर्न नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बुधबार बोलाइएको छ।
शाहले राजीनामा दिए सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। केन्द्रमा भएको सहमतिअनुसार नेकपा संसदीय दलका नेता खगराज भट्टले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन्।

Screenshot

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button