समाचार

अती दुःखद धटना॥ मन्दिरका पूजारीलाई घाँटी रेटेर अज्ञात समुह दुर्रा हत्या

रघुनाथुर नहरचोकमा अवस्थित शिव हनुमान मन्दिरका पूजारीलाई गएराती घाँटी रेटेर हत्या गरिएको स्थानीयहरुको जनाएको छ । उनलाई घाँटी रेटेर हत्या गरिएको पुष्टि सबैला नगरपालिकाका मेयर कारीराम यादवे पनि गरेका छन् ।

घटनास्थल पुगेका मेयर यादवले मन्दिरभरि रगतैरगत रहेको र बचाउको लागि संघर्ष गरेको अवस्था देखिएको बताएका छन् । उनले मन्दिर भरि रगतको छिट्टा परेको बताएका छन् । पुजारी राउतमाथि धारिलो हतियार प्रहार भएको बताईएको छ ।

मृतक पुजारी धनुषा हँसपुर नगरपालिकाका अन्दाजी ५५ बर्षिय बन्ठु राउत रहेको मेयर यादवले जनाएका छन् । यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाले फोन उठाएनन भने प्रहरीको टोली घटनास्थल पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button