बाजुरा जिल्ला बुढीनन्दा नगरपालिका–१ मा जन्मिएका भरतबहादुर कार्की नेपाली कांग्रेसको राजनीतिमा सक्रिय युवा नेताका रूपमा अगाडि बढिरहेका छन्। लामो समयदेखि नेपाली कांग्रेसको संगठन र राजनीतिमा सक्रिय कार्कीले आसन्न कांग्रेस महाधिवेशनमा बाजुराबाट युवा खुला क्लस्टरतर्फ महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवारी घोषणा गरेका छ्न।
कार्कीले आफ्नो राजनीतिक यात्रा तरुण दल हुँदै वडा तहको संगठनमा सक्रिय रहेका उनी क्रमशः नेपाली कांग्रेसको वडा तथा जिल्ला तहको राजनीतिक गतिविधिमा सहभागी हुँदै आएका छ्न । पार्टी संगठनलाई स्थानीय तहदेखि बलियो बनाउँदै लैजानुपर्ने र नयाँ पुस्तालाई राजनीतिमा सक्रिय बनाउनुपर्ने धारणा राख्दै उनी पछिल्लो समय जिल्लाको राजनीतिक गतिविधिमा थप सक्रिय देखिएका छन्। देशभर युवापुस्तामा राजनीतिप्रति चासो बढ्दै गएको अवस्थामा बाजुरामा पनि नयाँ पुस्ताका नेताहरू पार्टी संगठनमा सक्रिय हुन थालेका छन्। यही परिवेशमा कार्कीले आफूलाई कांग्रेसको संगठनमा थप जिम्मेवारीका साथ अघि बढाउने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताएका छन्।
कार्कीको राजनीतिक सक्रियता बुढीनन्दा नगरपालिका–१ बाट सुरु भएर वडा तह हुँदै जिल्लास्तरीय कांग्रेस राजनीतिसम्म पुगेको उनको भनाइ छ। स्थानीयस्तरमा जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने, संगठनका गतिविधिमा सहभागी हुने तथा पार्टीका विभिन्न कार्यक्रमलाई प्रभावकारी बनाउन भूमिका खेल्दै आएका छन् । उम्मेदवारीसँगै बाजुरा कांग्रेसभित्र युवा पुस्ताको प्रतिनिधित्व र नेतृत्वमा नयाँ अनुहारको सहभागिताबारे पनि चर्चा हुन थालेको छ। पछिल्लो समय नेपाली कांग्रेससहित विभिन्न राजनीतिक दलमा युवाहरूको सहभागिता र नेतृत्वप्रतिको चासो बढिरहेको अवस्थामा कार्कीको उम्मेदवारीलाई पनि त्यही प्रक्रियाको एक हिस्सा मानिएको छ। कार्कीले आफू निर्वाचित भएमा पार्टी संगठनलाई अझ व्यवस्थित र जनतासँग जोड्ने काममा भूमिका खेल्ने बताएका छन्। साथै बाजुराको विकास, स्थानीय जनताको आवश्यकता र जिल्लाका समसामयिक सवाललाई पार्टीको राजनीतिक बहसमा प्रभावकारी रूपमा उठाउने आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।
राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई राजनीतिक आधारका रूपमा प्रस्तुत गर्दै कार्कीले कांग्रेसको संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी अघि सारेका छन्। बुढीनन्दा–१ बाट राजनीतिक यात्रा सुरु गरेका कार्कीको महाधिवेशन प्रतिनिधिको उम्मेदवारीले जिल्लामा युवा पुस्ताको राजनीतिक सहभागितालाई समेत थप चर्चामा ल्याएको छ। अब उनको उम्मेदवारीप्रति कांग्रेसका क्षेत्रीय तथा जिल्ला तहका नेता–कार्यकर्ताको धारणा र महाधिवेशन प्रतिनिधि छनोटको परिणामले उनको आगामी राजनीतिक यात्राको दिशा तय गर्नेछ।
